२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

उपराष्ट्रपति नन्दबहादुरले भेटे वर्षमान पुनलाई

उपराष्ट्रपति नन्दबहादुरले भेटे वर्षमान पुनलाई

जनसेवा न्युज डटकम संवाददाता

उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेटेका छन्।

बुधबार ललितपुरस्थित सुमेरू अस्पताल पुगेर उनले वर्षमानलाई भेटेका हुन्।

वर्षमान केही समयदेखि सुमेरू अस्पतालमा उपचार गराइरहेका छन्।

उपमहासचिव पुनलाई भेटेर उपराष्ट्रपतिले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

उपमहासचिव पुन लामो समयदेखि जण्डिसबाट पीडित छन्। उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आइरहेको चिकित्सकहरूले बताएको पुनको सचिवालयले जनाएको छ।

वर्षमानलाई मंगलबार प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अस्पतालमै पुगेर भेटेका थिए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com