२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

संविधान पढेर बालेनको विरोध

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कार्यशैलीमा प्रश्न उठाउँदै युवाहरुले राष्ट्रिय सभा गृह अगाडि गरिरहेको विरोध प्रदर्शनमा बिहीबार फरक दृश्य देखिएको छ ।

फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता ईः र चाउ न्यौपानेले काठमाडौं महानगरपालिका अगाडि मंगलबारदेखि उभिएर विरोध प्रदर्शन गरिरहेका थिए । त्यसै क्रममा उपत्यकाका विभिन्न क्याम्पसमा अध्ययनरत कानुनका विद्यार्थीहरुले संविधान पढेर विरोध गरेका छन् ।

‘हामीले गरिरहेका विरोधको समर्थनमा आज कानुनका विद्यार्थीहरुले संविधानको दिवसको अवसरमा संविधान नै पढ्नुभएको थियो । संविधानमा उल्लेख भएको बाँच्न पाउने, जीवन जिउन पाउने, लगायतका मौलिक अधिकार मेयर बालेनको कानसम्म पुगोस भनेर विद्यार्थीहरुले पढेका हुन्’, सहभागी अभियन्ता प्रसुज मैनालीले भने ।

मंगलबार दिउँसो १ बजेदेखि राष्ट्रिय सभा गृह अगाडि उभिएका २ अभियन्ताहरु अहिलेसम्म निरन्तर उभिइरहेका छन् ।

उनीहरुले ७७ घण्टा उभिएर विरोध गर्ने घोषणा गरेका छन् । बुधबार श्रमिक नेता समेत रहेकी नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले पनि अभियन्ताहरुलाई साथ दिँदै विरोध कार्यक्रममा सहभागिता जनाइन् ।

काठमाडौं महानगरले फुटपाथ व्यवसायीहरुलाई बलपूर्वक हटाएपछि झण्डै तीन महिनादेखि ‘गरिबको चमेली बोलदिने कोही छैन’, अभियान चलाइरहेका छन् । अभियन्ता ईःले भोलि साढे १२ बजे फुटपाथ व्यवसायीहरुको ठेला तथा साना सडक व्यवसायीहरु पनि विरोध प्रर्दशनमा सहभागी हुने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com