२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

मेरो संलग्नता छैन : टोपबहादुर रायमाझी

अर्घाखाँची- सांसद टोपबहादुर रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । रायमाझीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका हुन् ।

अर्घाखाँचीको सन्धिखर्कमा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै रायमाझीले भनिन्, ‘फसाउन खोजिएको हो कि के हो ? हामीले जान्ने कुरा भएन । यसमा हाम्रो संलग्नता छैन ।’ उनले आफूले भुटानी शरणार्थीको दीर्घकालीन समस्या समाधानका लागि पहल गरेको बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सांसद रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले तत्कालीन ऊर्जा मन्त्रीसमेत रहेका रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । रायमाझी गत मङ्सिरमा सम्पन्न निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

उनी यसअघि उपप्रधानन्त्री एवं ऊर्जामन्त्री, भौतिक पूर्वाधारमन्त्री, स्थानीय विकासमन्त्री र शान्तिमन्त्री थिए । रायमाझीसँगै उनका छोरा सन्दीपविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com