२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

सीके राउत नेतृत्वको जनमत पार्टीले बन्द घोषणा गरेपछि सिरहामा निषेधाज्ञा जारी

सिरहा — सिरहा प्रशासनले पूर्व–पश्चिम राजमार्ग र सिरहा–चोहर्वा सडकखण्डमा दुई दिनका लागि निषेधाज्ञा जारी गरेको छ । सीके राउत नेतृत्वको जनमत पार्टीले मंगलबार र बुधबार दुई दिन सिरहा बन्दको घोषणा गरेपछि प्रशासनले ती क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सूचना जारी गरी निषेधाज्ञाबारे जानकारी दिएका छन् । पुस १३ र १४ गते बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी गरेको सूचनामा उल्लेख छ ।

पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिरहा सडक खण्डको पी।के।राज इन्टरप्राइजेज (पेट्रोल पम्पसम्म) ५०० मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञाको क्षेत्र तोकिएको छ ।

उक्त अवधिभर राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात सञ्चालन हुनेछ भने बाहिर हिँडडुल गर्न, भेला हुन तथा राजनीतिक सभा र गतिविधि गर्न नपाउने सूचनामा उल्लेख छ । सूचनाको उल्लंघन गरेमा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।

जनमत पार्टीले सिरहा बन्दको कार्यक्रम लम्ब्याएपछि प्रशासन निषेधाज्ञा जारी गर्न बाध्य भएको हो । जनमत पार्टीले माग पूरा गर्न प्रशासनले चासो नदेखाएको भन्दै १३ र १४ गते जिल्लाभर चक्काजाम गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com