२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

नेताहरु देश र जनताले चाहेको भन्दा उल्टो बाटोमा हिँडिरहे : प्रवक्ता प्रकाण्ड

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जनपत्रकार संगठन नेपाल, कर्णाली प्रदेश कमिटीले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुसँग सम्झौता गरे पनि सो अनुसार आफ्ना कार्यकर्ता रिहा नगरेको उनले सुनाए । शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि पनि आफूहरुले सहमति पालनाका लागि कुरा राखिसकेको भन्दै उनले यदि कार्यान्वयन भएन भने सरकार आफै अप्ठ्यारोमा पर्ने बताए ।

उनले विभिन्न दल र तिनका नेताहरु देश र जनताले चाहेको भन्दा उल्टो बाटोमा हिँडिरहेको समेत बताए । उनले देश भ्रष्टाचार र लुटतन्त्रको भूमरीमा फसिरहेको टिप्पणीसमेत गरे । अहिलेको परिस्थितिलाई विश्लेषण गर्दा राजनीतिक दलहरु र राज्य सञ्चालन गर्नेहरुबाटै देश जटिलतातर्फ धकेलिएको प्रस्ट रहेको उनको भनाइ छ ।

राष्ट्रिय स्वाधिनताका लागि जनताले अमूल्य योगदान दिए पनि त्यस अनुसारको परिवर्तन हुन नसकेको उनले बताए । अहिलेका राजनीतिक दलहरुले आफ्नो राजनीतिक मूल्य मान्यताको पनि रक्षा गर्न नसकेको उनले प्रस्ट पारे । ‘त्यस्ता दलका नेताहरुले अहिले यो व्यवस्थाको रक्षा कसरी गर्न सक्छन् ? उनले प्रश्न गरे, ‘न्यायपालिकाको माथिल्लो निकायले राज्य चलाईदिनुपर्ने अवस्था कसरी आयो ?

नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको तत्कालीन सरकारदेखि अहिलेसम्मको स्थिति हेर्ने हो भने काण्डै–काण्डको देश बनिरहेको उनले बताए । ‘यसको फेहरिस्त मैले भनिरहनु नपर्ला,’ उनले भने, देशमा बलात्कार, भ्रष्टाचार र अत्याचारले सीमा नाघिसक्यो, सबै दल र नेताहरुलाई एक ठाउँमा राखेर विश्लेषण गर्ने हो भने अन्धकार स्थिति छ । यो के भइरहेको छ ? कसले शासन गरेको छ ?

उनले नेपाली जनताले गरेको क्रान्ति अहिलेको राज्य सञ्चालनको अवस्थाका निमित्त नभएको पनि प्रष्ट्याए । ‘हामीले राजतन्त्रात्मक व्यवस्थाको विरुद्धमा जनयुद्ध गरेका हौं । श्रमजीवि जनतालाई राज्य व्यवस्थाको प्रत्याभूति दिनु हाम्रो एजेण्डा थियो, उनले भने तर अर्कै भइरहेछ, राज्य व्यवस्था र शासन व्यवस्था बदलिएन भने अर्थ हुँदैन । उही शासकले देश बदल्न सक्दैन ।

पुराना सरकारले गरेका काण्डलाई नयाँ सरकारले ढाकछोप गरिरहेको उनले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com