प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ
काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएको उहाँको सचिवालयले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कारोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाले पनि कोरोना परीक्षण गर्नुभएको थियो ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठकपछि शनिबार गरिएको परीक्षणमा अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि प्रधानमन्त्री देउवा पनि आइसोलेसनमा बस्नु भएको थियो ।