२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

एलन मस्क र युक्रेनी राष्ट्रपतिबीच ट्वीटरमा लडाईं

एलन मस्क र युक्रेनी राष्ट्रपतिबीच ट्वीटरमा लडाईं

काठमाडौँ । रसिया र युक्रेनबीच युद्ध भएको निकै समय भइसकेको छ। यसबीच दुवैतर्फबाट हजारौं मानिसले ज्यान गुमाएका छन्। युक्रेनबाट १ करोड ३० लाख भन्दा बढी मानिस पलायन भएका छन्। रसियाले पनि युवाहरुलाई सेनामा बोलाएपछि हजारौं युवाहरुले देश छाडेका छन्।

युद्ध लम्बिँदै गर्दा रसियाले आफू नियन्त्रित युक्रेनका शहरमा जनमत संग्रह गराएको थियो। जसमा त्यहाँका स्थानीयले आफूहरु रसियामा गाभिन तयार रहेकोमा बहुमत आएको दाबी गरिएको छ। अन्तर्राष्ट्रिय समुदायले सो जनमत संग्रहलाई मान्यता दिएको छैन।

यता, संसारकै धनाढ्यमा पर्ने इलन मस्कले ट्वीटरमा रसियाले स्वतन्त्र राज्य घोषणा गरेको डोनबास क्षेत्रका साथै क्रिमियाका नागरिकलाई रसिया वा युक्रेनको नागरिक बन्न छान्न पाउने नपाउनेबारे ट्वीटरमा सर्वेक्षण गरे। अक्टोबार ३ मा रातिको ११ बजेर ४ मिनेटमा उनले सर्वेक्षण गरेका थिए।

सो ट्वीटर सर्वेक्षण अघि पनि मस्कले संयुक्त राष्ट्रसंघले चारवटा विवादित क्षेत्रमा जनमत संग्रह गराउने र रसियाले जनमतको कदर गर्ने बारेमा पनि सर्वेक्षण गराएका थिए।

उनले ट्वीटर सर्वेक्षण गरेपछि धेरैले उनको आलोचना गरे। कतिपयले भने मस्कले युद्धलाई शान्तिको बाटोमा लग्ने प्रयास गरेको भन्दै समर्थन गरे। आलोचना र समर्थनबिच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले पनि ट्वीटर सर्वेक्षण गर्दै मस्कलाई काउन्ट दिए।

अक्टोबर ४ को मध्यरात १२ बजेर ३० मिनेटमा उनले ट्वीटरमा सोधे – तपाईंहरु युक्रेनलाई समर्थन गर्ने इलन मस्कलाई मन पराउनुहुन्छ या रसियाको समर्थन गर्ने मस्कलाईरु

युक्रेनी राष्ट्रपतिको सर्वेक्षणमा मस्कले आफू युक्रेनकै पक्षमा रहेको भन्दै जवाफ फर्काएका छन्। तर उनले लम्बिँदै गएको युद्धका कारण युक्रेन र सम्भवत विश्वलाई नै ठूलो नोक्सान पुर्‍याउने पनि बताएका छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com