पाँच दलिय गठबन्धन निर्वाचनसम्मै जाने प्रधानमन्त्रिी देउवाको खुलाशा,उहाँले भन्नु भयो – ‘भ्रममा नपर्न आग्रह

काठमाडौं । कांगे्रसका सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सरकार आगामी निर्वाचनसम्मै जाने खुलाशा गर्नुभएको छ । बेलायत भ्रमणबाट फर्के लगत्तै उहाँले ५ दलिय गठबन्धन लामो समयसम्मै जाने प्रतिकृया दिनुभएको छ ।
उहाँले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘गठबन्धन पुरै समय रहन्छ । गठबन्धनमा कुनै किसिमको दुविधा वा शंका नगर्नुभए हुन्छ।’ भन्दै संचारकर्मीहरुलाई प्रतिकृया दिनुभयो।
वर्तमान सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी०, जसपा र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन रहेको छ । बेलायत भ्रमणका क्रममा उहाँले विभिन्न मुलुकका प्रमुखहरुसँग भेटघाट तथ छलफल गर्नुभएको थियो ।