२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

अब विकासको रफ्तारले गति लिन्छ : अर्थमन्त्री महत

नुवाकोट- अर्थमन्त्री डा. प्रकाशशरण महतले अब विकासले रफ्तार लिने बताएका छन् । शनिबार नुवाकोटको तारुका गाउँपालिकामा सोनाम ल्होछारका अवसरमा आयोजित कार्यक्रममा विविध कारणले हुनुपर्ने जति विकास हुन नसकेको बताए ।

ल्होछारको शुभकामना दिँदै उनले भने, ‘अब विकासले रफ्तार लिन्छ । देशमा स्रोतसाधन धेरै छैन, आम्दानी धेरै छैन । आवश्यकता हाम्रो धेरै छन् । यो आवश्यकता पूरा गर्न हामीलाई धेरै पैसा चाहिन्छ ।’

अर्थमन्त्रीले देशैभरि हेर्नुपर्ने भएकाले चाहेजस्तो गर्न कठिन भएको अनुभव सुनाए । ‘मैले बजेट प्रस्तुत गर्दा सकेसम्म सबैतिरको आवश्यकता पूरा गर्ने हिसाबले बजेट विनियोजन गरेको छु,’ उनले भने ।

तारकेश्वर गाउँपालिकाको तारुकाको लागि पनि बजेट राखिएको प्रदेश र संघीय सरकार मिलेर नुवाकोटमा केही न केही गर्ने प्रयास गरिएको बताए । आउने दिनमा अझै धेरै गर्ने मन्त्री डा. महतले प्रतिबद्धता जनाए ।

‘कसौडीमा पकाउनुपर्ने बाध्यता छ, तर खड्कुलोमा पकाएर बाँड्दा पनि नपुग्ने अवस्था छ,’ मन्त्री डा. महतले भने, ‘एकैपटक पो नपुग्ने हो, तर हामी बिस्तारै गर्छौं । यो गाउँपालिकामा दुईवटा कुरालाई महत्व दिइएको छ, एउटा रंगशाला निर्माण हो । पालिकाले केही काम गरेको छ । युवाहरूलाई खेलप्रति आकर्षित गर्न हामीले यस वर्ष खेलकुदमा धेरै बजेट विनियोजन गर्ने नीति बनाएका छौं ।’

माने डाँडादेखि काफलपानी सडक निर्माणको प्रस्ताव आएको र यसलाई पक्की बनाउन लाग्ने उनको भनाइ छ । ‘श्रोत र साधनले भ्याएसम्म, देश र जनताप्रति म जिम्मेवार छु, नागरिकको हितका लागि म रातदिन खटेर लाग्ने छु । नुवाकोटमा अहिले विकास निर्माणका धेरै काम अगाडि बढेका छन् । चीनसँग जोडिने सडक विस्तार हुँदैछ, व्यापारिक नाकाको रूपमा विकास हुँदैछ । छहरे–टोखा सुरुङमार्ग अगाडि बढाउने प्रतिबद्धता हामीले गरेका छौं,’ उनले भने ।

उनले नुवाकोटमा अब धेरै रोजगारीको सम्भावना बढ्छ, व्यापारिक गतिविधि चलायमान हुने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com