२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

इकागजकर्मी शाह र गुरुङ पुरस्कृत हुने

काठमाडौँ-  इकागजकर्मीद्वय संजिव कुमार शाह र धनबहादुर गुरुङ पुरस्कृत हुने भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने ‘खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार’ बाट शाह र गुरुङ पुरस्कृत हुने भएका हुन् ।

मन्त्रालयले प्रदेशतर्फको ‘पत्रकारिता प्रोत्साहन पुरस्कार’ शाह (मधेस प्रदेश) तथा गुरुङ (गण्डकी प्रदेश) सहित अर्जुनकुमार सुवेदी (कोशी प्रदेश), सुवास बिडारी (बागमती प्रदेश), विजय नेपाल (लुम्बिनी प्रदेश), ललितबहादुर बुढा (कर्णाली प्रदेश) र पूर्णबहादुर खड्का (सुदूरपश्चिम प्रदेश) लाई प्रदान गर्ने भएको हो । उक्त पुरस्कारको राशि रु २५ हजार नगद रहेको छ ।

यसैगरी, युवा तथा खेलकुद मन्त्रालयले बागमती प्रदेशका सीताराम कोइरालालाई यस वर्षको खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ । यस पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

त्यसैगरी, महिला र दलिततर्फको ‘खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार’का लागि कर्णाली प्रदेशका ज्योति कटुवाल र गण्डकी प्रदेशका दीपक परियारको नाम छनोट भएको छ । पुरस्कारको राशि रु २५ हजार छ ।

मन्त्रालयले खेलकुद क्षेत्रमा निरन्तर कलम चलाउने क्रियाशील पत्रकारलाई प्रतिस्पर्धाका आधारमा हरेक वर्ष यस खाले पुरस्कार प्रदान गर्दै आएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com