२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

२६४ जनामा कोरोना पुष्टि, २६० द्वारा स्वास्थ्यलाभ

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५६६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ५३६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ४१ जना र ४ हजार ३० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २३ हजार ९३७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २६० जना कोरोनामुक्त भए, २ को मृत्यु

कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ६० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ११ हजार २६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ५६६ जनाको परीक्षण हुँदा हालसम्म कुल ५६ लाख ४७ हजार ७६४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८८ पुगेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com