२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

चन्द्रागिरि, फुलचोकीलगायत उच्च स्थानमा हिमपात

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौंको । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहि अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अहिले देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा वर्षा भइरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

नगरकोटीका अनुसार काठमाडौंको चन्द्रागिरी, फुलचोकीलगायत उच्च स्थानमा हिमपात भइरहेको छ।

नगरकोटीका अनुसार काठमाडौंको हालको तापक्रम ८ डिग्री सेल्सियस रहेको छ।

बागमती, प्रदेश एक र प्रदेश २ मा भोलि बिहानसम्म पानी पर्ने सम्भावना रहेको छ। पश्चिम क्षेत्रमा भोलि बिहानदेखि क्रमशः पानी पर्न रोकिने हुन्छ। भोलि दिउँसोबाट अन्य प्रदेशमा पानी पर्ने क्रम रोकिनेछ।

अहिले सक्रिय रहेको मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई–यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com