२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

आज तमु ल्होसार को अवसरमा शुभकामना दिदै श्रममन्त्री श्रेष्ठ भने राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्नुपर्छ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तमु ल्होसारले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने बताउनुभएको छ ।

गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा आज शुभकामना दिँदै मन्त्री श्रेष्ठले बहुजाति, बहुभाषी, बहुसांस्कृतिक र बहुधार्मिक समाजमा यस्ता पर्वले सद्भाव कायम गर्न सहयोग पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नयाँ वर्षलाई स्वागत गर्दै तमु समुदायले उत्साह र उमङ्गका साथ मनाउने यस पर्वको छुट्टै सांस्कृतिक महत्व छ ।” मन्त्री श्रेष्ठले यस पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना जगाई समुन्नत राष्ट्र निर्माणको दिशामा अगाडि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com