२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

सर्लाहीमा प्रदर्शन हुने सम्भावना भएको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी

सर्लाही । प्रहरीको भ्यानको ठक्करबाट मृत्यु भएका व्यवसायी रामकुमार महत्तोको परिवारलाई राहत स्वरुप दश लाख रुपैयाँ दिने लगायतका ६ बुँदे सहमति भए पनि आज पुनः वयलवास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

सहमति भए पनि पुनः प्रदर्शन हुने सम्भावना भएको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । प्रशासनले आज बेलुकी ७ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।

आज मृतकको दाहसंस्कारपछि मात्र निषेधाज्ञा खुलाउने बताईएको छ । आज पनि वलवास क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

फेन्सी पसल संचालन गर्दै आएका महतो पसल बन्द गरेर मामाघर चन्द्रनगर तर्फ जादैँ गर्दा प्रहरीको भ्यानले ठक्कर दिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com