२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

संक्रामक रोगहरू रोक्न विश्वव्यापी एकताको आह्वान

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार संक्रामक रोगहरू रोक्न विश्वव्यापी एकताको लागि आह्वान गर्नुभएको छ । डिसेम्बर २७ मा पर्ने अन्तर्राष्ट्रिय महामारी दिवसको अवसरमाा गुटर्रेसले दिनुभएको भिडियो सन्देशमा विश्वव्यापी एकता निर्माणले हरेक देशलाई आफ्नो ट्र्याकमा संक्रामक रोगहरू रोक्न लड्ने मौका दिने बताउनु भएको छ ।

कोभिड १९ ले संक्रामक रोगले संसारभरि कत्तिको चाँडो फैलाउन सक्छ, स्वास्थ्य प्रणालीलाई कसरी छेउमा धकेल्छ र सम्पूर्ण मानवताको दैनिक जीवनलाई प्रभावित पार्छ भन्ने देखाएको संयुक्त राष्ट्रसंघका प्रमुखले बताउनुभएको छ । हालसालैका सार्स, एभियन इन्फ्लुएन्जा, जिका, इबोला र अन्य जस्ता स्वास्थ्यका आपतकालिन पाठहरु सिक्न नसकेको हाम्रो असफलता पनि प्रकट गरेको महासचिवले बताउनुभएको छ ।

संक्रामक रोगहरु हरेक देशका लागि वर्तमान खतरा रहेको उल्लेख गर्दै गुटर्रेसले कोभिड–१९ मानवताका लागि अन्तिम महामारी नहुने बताउनु भएको छ । विश्वले यस स्वास्थ्य संकटलाई प्रतिक्रिया दिँदा पनि, अर्कोको लागि तयारी गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनु भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com