२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

नेपाल स्काउटका माष्टरलाई राष्ट्रपति भण्डारीको बधाइ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल स्काउटका बीटीसी र पीटीसी तालिमप्राप्त कर्णाली प्रदेशका स्काउट मास्टरले आज राष्ट्रपति भवन शीतल निवासमा भेट गरेका छन् । ती स्काउटकर्मीले नुवाकोटको ककनीस्थित अन्तर्राष्ट्रिय स्काउट केन्द्रमा उक्त तालिम लिएका थिए ।

राष्ट्रपति भण्डारीले ती विद्यार्थीलाई बधाई दिँदै देश विकासको यात्रामा सकारात्मक योगदान दिने र युवालाई उत्साहित बनाउने काममा सफलता मिलोस् भनी शुभकामना दिएकी थिइन् ।

राष्ट्रपति भण्डारीले नेपाल स्काउटको नेतृत्वसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पछिल्लो समयमा गरेको फैसलाको आफूले सम्मान गर्ने पनि बताएकी थिइन् ।

सो अवसरमा स्काउट तदर्थ समितिका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले स्काउटका गतिविधि र भावी कार्यक्रमबारे जानकारी दिँदै नेपाल सरकारले आफूलाई पदबाट हटाए पनि अदालतको आदेशबाट पुनःबहाली भई पुनः सक्रियतापूर्वक काम थालेको अवगत गराएका थिए ।

यही पुस ९ गतेदेखि १४ गतेसम्म भएको उक्त तालिममा कर्णाली प्रदेशका ७९ स्थानीय तहबाट १८० पुरुष र ६१ महिला गरी २४१ जनाको सहभागिता थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com