२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

संक्रमणकालीन न्याय निरुपणका विषयमा भएको सहमति ऐतिहासिक उपलब्धि – सभापति देउवा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्याय निरुपणका विषयमा भएको सहमति ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथिको छलफलका क्रममा सभापति देउवाले संक्रमणकालीन न्यायका सन्दर्भमा राजनीतिक शक्ति र सरोकारवाला पक्षहरू सर्वसम्मतिका साथ उपस्थित हुनु आफैंमा एउटा ऐतिहासिक उपलब्धिको घडी भएको बताएका हुन् ।

शान्ति प्रक्रियाका बाँकी कार्यभारहरु पुरा गर्न गर्नका लागि भएको सहमतिले जटिल कामलाई नेपाली राजनीतिक दलहरू आफै सम्पन्न गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह गर्न सफल भएको उनले बताए । । टीआरसी विधेयक कानुन बने पश्चात् द्वन्द्वका सबै पीडितहरूले न्यायको अनुभूति गर्ने उनले विश्वास व्यक्त गरे ।

संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने विन्दुमा पुग्दै गर्दा अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको भन्दै सभापति देउवाले अन्तिममा विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र सरोकारवाला पक्षले पनि स्वागत गर्ने समेत बताए ।

विधेयक अघि बढेसँगै एकअर्कालाई शंका वा आरोपित गर्ने भन्दा पनि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रभावकारी छनौट र प्रभावशाली कार्य प्रणाली प्रति सजग हुन आवश्यक रहेको उनले बताए ।

सभापति देउवाले शान्ति प्रक्रियाको बाँकी रहेको काम संक्रमणकालीन न्यायको विषयलाई निष्कर्षमा पुर्याउन सहयोगका लागि अपिल समेत गरे । त्यस्तै उनले संविधान र व्यवस्था लाखौं नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको भन्दै यसको सही कार्यान्वयन, संरक्षण र सुदृढीकरण गर्नु सबैको दायित्व भएको धारणा राखे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com