२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना पुष्टि

बैतडी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ४५६ जनाको नमूना परीक्षण गरिएको थियो ।

स्वास्थ्य निर्देशनालयका अनुसार पीसीआरमार्फत दुई र एन्टीजेनमार्फत तीन जनामा कोरोना पुष्टि भएको हो । पीसीआरमार्फत महाकाली अस्पतालमा दुई र एन्टीजेनमार्फत कैलालीका तीन जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा प्रदेशभर कोरोनाबाट चार जना निको भएका छन् । सो अवधिमा प्रदेशमा कोरोना सङ्क्रमणका कारण कोहीको पनि मृत्यु भएको छैन ।
यसअघि शनिबार प्रदेशमा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा तीन जना निको भएका थिए । सुदूरपश्चिममा कोरोनाबाट हालसम्म ६१४ जनाको ज्यान गएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com