२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

चीनले विकास गर्‍यो अपराधी पत्ता लगाउने प्रविधि,

एजेन्सी

चीनले आर्टिफिसियल इन्टेलिजेन्स प्रोसिक्युटर ९एआईपी० को विकास गरेको छ । सो अभियोजनकर्ताले अपराधीको पहिचान ९७ प्रतिशत मिलाउने दाबी गरिएको छ । सो यन्त्रले राज्यविरुद्धको असन्तुष्टिलाई पहिचान र अपराधीलाई सजायका लागिसमेत सिफारिस गर्नेछ ।

विकसित नयाँ प्रणाली (एआई) लाई चीनको कम्युनिष्ट पार्टीले दुरुपयोग गर्न सक्ने र एआईको जवाफदेही को हुने भन्ने बारेमा चौतर्फी चासो बढेको छ । मुद्दाको मौखिक वर्णनका आधारमा सो यन्त्रले मुद्दा लगाउन सक्ने जनाइएको छ । यन्त्रलाई देशकै ठूलो अभियोजकर्ताको कार्यालय सांघाई पुडोङ पिपुल्स प्रोक्यरेटोरेटले विकसित गरेको हो ।

एआईले वास्तविक अभियोजनकर्ताको ‘लोड’ कम गर्ने र उनीहरुलाई जटिल मुद्दामा मात्र केन्द्रित गर्ने सो उपकरण निर्माण परियोजनका वैज्ञानिक तथा प्राध्यापक सी योङले बताएका छन् ।

सो प्रणाली डेस्कटप कम्प्युटर प्रणालीबाट चल्नेछ । सन् २०१५ देखि सन् २०२० सम्मका १७ हजार वास्तविक घटनामा आधारित मुद्दालाई प्रयोग गरेर एआईपीलाई तालिम दिइएको थियो । त्यस्तै, एआईपीलाई सांघाईका आठ ओटा सबैभन्दा साझा अपराधबारे पहिचान गर्न लगाइएको थियो ।

यन्त्रले क्रेडिट कार्डका ठगी, सामान्य अपराध, जुवा, खतरनाक गाडी हाँक्ने, चोरी, सामान्य ठगी, नियतवश पुर्‍याइने चोट र सरकारी अधिकारीहरुको कार्यमा अवरोधजस्ता विषयमा छानविन गर्नेछ ।

उपकरणले अझै धेरै प्रकारका अपराधको पहिचान गर्ने र शंकास्पदविरुद्ध एकभन्दा बढी अभियोग लगाउन सक्नेछ ।

म्यानेजमेन्ट रिभ्यु जर्नलमा प्रकाशित एउटा पत्रिकामा सीले भनेका छन्, ‘यस प्रणालीले केही हदसम्म निर्णय गर्ने पक्रियामा अभियोजनकर्तालाई विस्थापित गर्नेछ । ’

चीनमा केही एआई प्रविधि कानुन कार्यान्वयन निकायमा प्रयोगमा आएका छन् । तर, अपराधीलाई खानतलासी गर्ने विषयमा भने पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स प्रोसिक्युटर प्रयोगमा ल्याइएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com