सुडानका प्रधानमन्त्रीद्वारा राजीनामा

सुडान । सेनासँग एउटा विवादास्पद सम्झौता गरे पश्चात् सुडानको प्रधानमन्त्रीका रूपमा पुनः फर्किएका अब्दुल्ला हमदुकले केही हप्तामै पदबाट राजीनामाको घोषणा गर्नु भएको बीबीसी ले जनाएको छ ।
गत अक्टोबर महिनामा सेनाले शक्ति आफ्नो हातमा लिएको थियो र हमदुकलाई उनकै निवासमा नजरबन्द गरिएको थियो।
तर कुको नेतृत्वकर्ताहरूसँग शक्ति बाँडफाँड सम्बन्धी एउटा सम्झौता पश्चात् पदमा उहाँको पुनर्बहाली गरिएको थियो। प्रदर्शनकारीहरूले भने उक्त सम्झौताको विरोध गर्दै पूर्ण रूपमा नागरिक शासनको माग गरेका छन्।