२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

स्याटेलाइट बिग्रिएर अन्तरिक्षमा अनियन्त्रित रुसी स्याटेलाइट, पृथ्वीमा खस्ने जोखिम

एजेन्सी

रुसले केही दिन पहिले रकेटको माध्यमबाट जासुसी सैनिक स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । जसका कारण रुसले अमेरिकालगायतका मुलुकहरूबाट तीव्र आलोचना खेप्नुु परेको थियो । अहिले त्यहीँ जासूसी स्याटेलाइट बिग्रिएर अन्तरिक्षमा अनियन्त्रित बनिरहेको र कुनै पनि बेला पृथ्वीमा खस्ने सम्भावना रहेको बताइएको छ ।

२० टन वजन भएको उक्त स्याटेलाइट पृथ्वीमा खस्ने वा अन्तरीक्षमा रहेका अन्य रकेटसँग ठक्कर खाने भयले विशवभरका वैज्ञानिकहरु यतिबेला चिन्तित छन् । यो स्याटेलाइट पृथ्वीमा खसेमा वा ठक्कर खाएमा त्यसले ठूलो नोक्सानी गर्नसक्ने अनुमान गरिएको छ ।

रकेटको माथिल्लो क्षेत्रमा लगाइएको बुस्टर उडानका क्रममा फेल भएसँगै स्याटेलाइट आफ्नो सही कक्षमा पुग्न सकेन र अनियन्त्रित भयो । अनियन्त्रित स्याटेलाइट र त्यसमा लगाइएको बुस्टर करिब २० टन तौलको रहेको र आगामी केही हप्तामै पृथ्वीमा खस्ने सम्भावना रहेको वैज्ञानिकहरूले बताएका छन् । तर रुसी सेनाको हाइकमाण्डले विशेषज्ञहरूको यस दाबीका विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

रुसले अघिल्लो सोमबार नयाँ संस्करणको अंगारा ए ५ स्पेस रकेटमार्फत् उक्त स्याटेलाइट अन्तरिक्षमा पठाएको थियो । प्लेटेट्स्क स्पेस पोर्टबाट गरिएको उक्त प्रक्षेपण सफल भएको रुसले दाबी गरेको थियो । रुसको उक्त रकेट जासूसी उपग्रह, हतियार तथा नेभिगेसनका लागि आवश्यक उपग्रहहरू अन्तरिक्षमा पठाउनका लागि निकै महत्वपूर्ण मानिन्छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com