२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

आज दिनभरको मौसम

काठमाडौँ । पश्चिमी वायुको सामान्य प्रभावका कारण हाल मुलुकको केही स्थानमा मौसम बदली रहे पनि अधिकांश भूभागमा सामान्यतया सफा रहेको छ । तर तराईका धेरैजसो भूभागहरूमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान काठमाडौँ उपत्यकालगायत तराईका जिल्लाहरूमा हुस्सु तथा कुहिरो लागेको हो । यससँगै चिसो बढ्ने र तराईका जिल्लामा शीतलहर चलेका कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज दिउँसो सुदूर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा मौसम आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागहरूमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको समेत रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com