२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

रुपन्देहीको सैनामैनामा थारू होमस्टे सञ्चालन

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–२ स्थित उचिडिहवामा थारू ९घरबास० होमस्टे आजदेखि सञ्चालनमा आएको छ । घरबासबाट थारू खानपिन, कला–संस्कृति, वेशभूषाको संरक्षण एवं संवद्र्धन र प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ । सो होमस्टे सञ्चालनका लागि सैनामैना नगरपालिकाले पाँच घर निर्माणका लागि रु १० लाख अनुदान दिएको छ ।

यस्तै कार्यक्रम गर्ने सभाहल निर्माणका लागि लुम्बिनी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिबाट आर्थिक वर्ष २०७२÷७३ मा रु चार लाख ७५ हजार, आव २०७३÷७४ मा रु छ लाख ६५ हजार निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रमअन्तर्गत आव ०७३÷७४ मा रु १६ लाख ५७ हजार ५००, सैनामैना नगरपालिकाबाट आव ०७२÷७३ मा रु एक लाख ९० हजार, ०७३÷७४ मा रु सात लाख, ०७४÷७५ रु पाँच लाख, ०७६÷७७ मा रु ६ लाख र लुम्बिनी प्रदेश मुख्यमन्त्री ग्रामीण विकास परियोजनाबाट ०७७÷७८ मा रु १२ लाख रकम प्राप्त भएको होमस्टे सञ्चालनका अध्यक्ष खुसिराम चौधरीले जानकारी दिनुभयो ।

त्यस्तै रु नौ लाख ४६ हजार ५२६ लागत सहभागितामा सो सभाहल निर्माण गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “होमस्टेमा आउने पाहुनालाई स्थानीय कला संस्कृति, नाचगान प्रदर्शन गरिनेछ ।”दुई कोठा भएको पाँच घरमा होमस्टे सञ्चालन गरिएको छ । एउटा कोठामा दुईवटा शय्या छन् । हाल होमस्टेमा एक पटकमा २० जना बास बस्न सकिन्छ । थप १० घरमा पनि होमस्टे सञ्चालन गर्ने योजना रहेको होमस्टे सञ्चालक समितिका अध्यक्ष चौधरीले बताउनुभयो । “समुदायको प्राचीन र ऐतिहासिक थलो हुँदाहुँदै विकासमा पछाडि प¥यो, थारू कला र संस्कृति पनि हराउँदै जान थालेपछि होमस्टे सञ्चालनलाई नगरपालिकाले पर्यटन प्रवद्र्धनसँग जोडेको छ”, अध्यक्ष चौधरीले भन्नुभयो । बुटवलबाट १४ किलोमिटर पूर्वपश्चिम महेन्द्र राजमार्गको कालिकाचोक उत्तरमा सो होमस्टे रहेको छ । उचिडिहवा गाउँ थारू समुदायको पुरानो एवं ऐतिहासिक बस्ती भएको बताइएको छ । (रासस)

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com