माओवादी केन्द्रको केन्द्रिय सदस्य संख्या २४६ पुग्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रिय सदस्य संख्या २४६ पुर्याएको छ । पार्टीको आठौं महाधिवेशन अन्र्तगत आइतबार भएको बन्दसत्रमा अध्यक्ष प्रचण्डले २२६ जना केन्द्रिय सदस्यको नाम सार्वजनिक गरेका थिए ।

तथापी त्यसको भोलीपल्ट सोमबार मात्रै थप १० जनाको नाम थप गर्दै सदस्य संख्या २४६ पुर्याइएको हो ।
विधान अनुसार २९९ केन्द्रिय सद्यसय संख्या बनाउनु पर्ने भएकोले अब बाँकी बिस्तारै थप गर्दै लैजाने पनि माओवादीले जनाएको छ ।
