उपचार पछि आज वर्षमान पुन स्वदेश फर्किदै
काठमाडौं । नेकपा माओवादीका नेता वर्षमान पुन आज मंगलबार स्वदेश फर्किने भएका छन् । विरलै देखिने जन्डिस रोगबाट ग्रसित भएका नेता पुन लामो समय पछि आज स्वदेश फर्किन लागेका हुन् ।
महासचिवका दावेदार पुन मंगलबार आउने भएसँगै सोमबार को बैठकमा पदाधिकारी चयन नै नगरी सकिएको हो । नेता पुनको सहभागिताको लागि बैंठकमा अध्यक्ष मात्र चयन गरी सकिएको हो ।
प्रचण्डले नेता पुनकै उपस्थितिमै पदाधिकारी चयन गर्दा ठीक हुन्छ भन्ठानेर नै २५ गतेसम्मका लागि बैठक स्थगित गरिएको बताएका छन् ।