२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

जलवायु कूटनीतिलाई एउटा सशक्त माध्यमका रुपमा अगाडि बढाउनुपर्नेमा विज्ञहरुले जोड

काठमाडौँ । जलवायु कूटनीतिलाई एउटा सशक्त माध्यमका रुपमा अगाडि बढाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । दी नेपाल विक्लीले आयोजना गरेको अनलाइन कार्यक्रममा सहभागी वक्ताहरुले जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न ठूला तथा साना राष्ट्रहरुले संवाद र सहकार्यलाई अझ सशक्त रुपमा अगाडि बढाउनुपर्ने र यसबाट बढी असर पुगेका नेपालजस्ता विकासोन्मुख मुलुकहरुले अझ बढी क्रियाशीलता देखाउनुपर्ने धारणा व्यक्त गरे ।

पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले जलवायु परिवर्तन विश्वभरिका लागि ठूलो समस्या र मानव सभ्यताका लागि चुनौतीका रुपमा देखिएकाले यसको समाधानका लागि विकसित देशहरु अझ बढी चनाखो हुनुपर्ने बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले राष्ट्रिय, प्रादेशिक, स्थानीय र समुदाय स्तरमा जागरुकता र क्रियाशीलता बढाउन तथा अनुकूलनका लागि पर्याप्त मात्रामा उपयुक्त प्रविधि प्रविधि प्रवद्र्धन तथा विकासमा ध्यान दिनुपर्छ भन्नुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा मधुसूदन अधिकारीले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपालले वन व्यवस्थापन, नवीकरणीय ऊर्जा प्रविधि प्रवद्र्धन तथा विकासलाई समावेश गरेको र सोको सफल कार्यान्वयनका लागि सरकार तथा निजी क्षेत्रको सामूहिक प्रयासमा जोड दिएको छ भन्नुभयोे । नवीकरणीय ऊर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालले कोइला, पेट्रोल र डिजेलको बढ्दो खपतका कारण जलवायु परिवर्तनको असर देखिएकाले त्यसलाई कम गर्न नवीकरणीय ऊर्जा प्रविधिमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयोे ।

जलवायु परिवर्तन विशेषज्ञ तथा विश्लेषक मञ्जित ढकालले कोप २६ ले विश्वव्यापी कार्यक्रमहरु अघि बढाउन कार्यदिशा प्रदान गरेको र सघन कार्यक्रम सञ्चालन गर्न आर्थिक र प्राविधिक क्षमता वृद्धिका लागि विभिन्न मञ्चहरुमा छलफल र संवाद हुने आशा व्यक्त गर्नुभयो ।
प्रकृति रिसोर्स सेन्टर नेपालका कार्यकारी निर्देशक राजु पण्डित क्षेत्रीले कोप २६ र अघिल्ला कोपहरुको उपलब्धि, विश्वस्तरका गतिविधिहरु र नेपालमा जलवायु परिवर्तन न्यूनीकरणका लािग भए गरिएका प्रयासहरुबारे जानकारी गराउनुभएको थियो ।

यसैगरी वन तथा वातावरण मन्त्रालयका उपसचिव मिलन ढुङ्गानाले सरकार एवं निजी क्षेत्रको सहभागितामा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएकोे जानकारी गराउनुभयोे । दी नेपाल विक्लीका सम्पादक शिरीषवल्लभ प्रधानले विकसित मुलुकमा समेत जलवायु परिवर्तनको असरस्वरुप ठूल्ठूला प्राकृतिक प्रकोप देखिन थालेकाले यसलाई कम गर्न मानवीय आचरण प्रकृतिमैत्री हुनुपर्ने, पृथ्वीमाथि अत्यधिक चाप पार्न नहुने र नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगलाई बढाउनुपर्ने सुझाव दिनुभयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com