२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

प्रेमगीत–३ को प्रदर्शन स्थगित

काठमाडौँ । फागुन १३ मा प्रदर्शनमा आउने भनिएको फिल्म प्रेमगीत ३ को प्रदर्शन स्थगित भएको छ ।

निर्देशक एवं निर्माता सन्तोष सेनले फेसबुकमार्फत कोभिड महामारीकै कारण लक्षित समयमा फिल्म प्रदर्शन गर्न नसकिएको जानकारी गराएका हुन् । यसअघि कोभिडकै कारण फिल्मको प्रदर्शन रोकिएको थियो । फिल्मलाई बलिउडमा बेचिसकेका निर्माता सेनले अनिश्चितकालका लागि ुप्रेमगीत ३ुको प्रदर्शन सारेको जनाएका छन् ।

‘हामीले नेपाललगायत मुम्बईका दिग्गज टिमहरूबाट प्रेमगीत ३ुको पोस्ट प्रोडक्सनको काम सम्पन्न गरेका छौँ । फिल्मको प्रदर्शन मिति फागुन १३ लाई लक्षित गरेर विभिन्न प्रचार सामग्री तयार भएसँगै दर्शकमाझ पस्कने तयारीमा थियौं । यसैक्रममा भारत बजारका वितरक समूहले दिएको सल्लाह सुझावलाई मनन गर्दै फिल्म घरहरु बन्द हुने क्रम बढेको छ, सन्तोषले लेखेका छन्, ‘त्यसैले नेपाल, भारत र विश्वभरि अलगअलग मितिमा प्रदर्शन नगरी एकैसाथ प्रदर्शन गर्नुपर्ने प्रस्ताव आएको हुनाले नआत्तिकन यो अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै त्यो गहकिलो प्रस्तावलाई स्वीकार गर्दै अनिश्चित कालका लागि प्रदर्शन मिति स्थगित गरेका छौं ।

४ करोड लागतमा बनेको फिल्मलाई सेनले भारतमा बेचेका छन् । फिल्मको अन्तिम काम हुँदै गर्दा निर्देशक छेतेन गुरुङको निधन भएको थियो । यो फिल्ममा प्रदीप खड्का, क्रिष्टपन गुरुङ, मनिष राउत, अनुभव रेग्मीलगायतको अभिनय छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com