२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

सितेरियो कराँते खेलाडीलाई ४ स्वर्ण पदक

बंगलादेशमा सम्पन्न बि–जी कराँते च्यामिपयनसिप २०२१ मा नेपाल सितेरियो कराँतेले ४ स्वर्ण पदक हात पार्न सफल भएको छ । मुजिबको सयौं जन्मोत्सवको अवसरमा बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगालदेश बशप संघको आयोजनामा भएको प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा डिजेन डोल्मा लामा रहेकी छिन् । लामाले कुमिते र कातामा गरि २ स्वर्ण प्राप्त गरेकी हुन् । यस्तै पासाङ तामाङले ७० केजी तौलको कातामा स्वर्ण हात पारेको टिम ब्यवस्थापक रामकुमार श्रेष्ठले जानकारी गराए । श्रेष्ठका अनुसार स्वर्ण प्राप्त गर्ने अन्यमा ग्याल्मो सोमिका लामा पनि रहेकी छिन् । उनले ३५ केजी तौलको कुमिते तर्फ स्वर्ण प्राप्त गरेकी छिन् ।

यस्तै गरि नेपाली टोलीले २ रजत र ५ कास्य पदक पनि जोडेको छ । पासाङ तामाङ ७० केजी र राजदेव बम्जन ६५ केजी रहेका छन् । दुवैले कुमितेतर्फ रजत प्राप्त गरेका हुन् । यसैगरि कास्य पदक प्राप्त गर्नेमा रविन्द्र कुँवरले खुल्ला तर्फ, युरोडिस रोक्का ६० केजी, उमेश भण्डारी ५५ केजी, रविना ४५ केजी तथा उमङ्ग बुढाथोकी १४ बर्ष मुनि उमेर समूह रहेका छन् ।

च्याम्पियनसिपमा छत्रबहादुर आले मगर, रामचन्द्र गुरुङ, नारायण श्रेष्ठ, प्रकाश तामाङ लामा, मिङ्गमा तामाङ र गणेशलाल श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
बंगलादेश गएको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र राखेपका सदस्य पुरेन्द्र विक्रम लाखेले बिदाई गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com