२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

सातदिने निशुल्क पत्रकारिता तालिमको उद्घाटन गर्दै : महासचिव किरण

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) को आयोजनामा गरिने सात दिने निस्शुल्क आधारभुत पत्रकारिता तथा उद्घोषण तालिमको उद्घाटन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरणले जनपक्षीय पत्रकारिता आजको आवश्यकता भएको बताउनु भएको छ ।
उहाँले संसवादी दलहरुले समाजवाद भन्ने तर पूँजीवाद लागू गर्ने गरेको र संसदीय ब्यवस्था भनेकै दलाल पुँजीपतिहरुको ब्यवस्था भएकाले यसका विरुद्ध जनपक्षीय पत्रकारहरुले सशक्त कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

महासचिव किरणले जनपक्षीय पत्रकारिताकको माध्यमबाट सर्वाहारा जनतालाई सुचना दिनको निम्ति पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने पनि बताउनु भयो।

उहाँले कार्लमार्क्स पनि पत्रकार भएको बताउँदै पत्रकारिता आफैमा एउटा सशक्त आन्दोलन भएको बताउनु भयो ।
आजको युग सूचना साम्राज्यवाद तथा सूचना क्रान्तिको युग भन्दै उहाँले पत्रकारिता महत्वपूर्ण भएको चर्चा गर्नुभयो।
त्यस्तै अखिल क्रान्तिकारीक अध्यक्ष गजुरेलले विद्यार्थीहरूको हरेक आन्दोलनले देशको मुहार फेरेकोले अब पनि विद्यार्थीहरूले नै देशको मुहार फेर्ने बेला आएको बताउनु भयो।

अखिल (क्रान्तिकारी) की केन्द्रिय उपाध्यक्ष तथा ३ नं. प्रदेश संहयोजक शिलु न्यौपानेको अध्यक्षता सम्पन्न कार्यक्रमको संञ्चालन केन्द्रीय सदस्य शोभा सेन्चुरीले गर्नुभएको थियो।

कार्यक्रममा पार्टीका पीवीएमद्वय दिनेश शर्मा सागर, सुरेश श्रेष्ठ प्रवेश, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष नारायण पंगेनी लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com