२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

देउवा-ओली भेटप्रति बाबुराम असन्तुष्टि

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ताप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

शनिबार बिहान प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए । उक्त भेटप्रति डा.भट्टराईले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका हुन् ।

उनले ओलीलाई फकाउन प्रधानमन्त्री देउवा तथा नेपाली कांग्रेसका अन्य नेताहरुले लचकता देखाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकले ओलीलाई संसद अवरोध खुलाउनेलगायतका विषयमा सहमतिमा ल्याउने जिम्मेवारी प्रधानमन्त्री देउवालाई दिएको थियो । जसअनुसार प्रधानमन्त्री देउवा ओलीसँग संवाद गर्न उनको निवास बालकोट पुगेका हुन् ।

डा.भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पार्ने प्रतिगामी खेल जारी रहेको बताएका छन्। ‘प्रतिगमनकारीहरू आफ्नै सत्यानाश नभएसम्म षड्यन्त्र गरिरहन्छन् भन्ने इतिहासबाट बुझौं। ‘प्रतिगमनकारीसंग झुक्ने हैन लड्ने हिम्मत गरौं ! ’ उनले लेखेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com