२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

३ वर्षदेखि थुनिएकी साउदी राजकुमारी हिरासतमुक्त

एजेन्सी

रियाद — बिना कसुर ३ वर्षदेखि हिरासतमा राखिएकी साउदी राजकुमारी र उनकी छोरीलाई रिहा गरिएको छ । ५७ वर्षीया बस्माह बिन्त साउद र उनकी छोरी सुहोदलाई साउदी अधिकारीहरूले शनिबार रिहा गरेको अधिकारकर्मी समूहले जनाएका हुन् ।

लामो समयदेखि महिला अधिकारको र संवैधानिक राजतन्त्रको पक्षमा वकालत गर्दैआएकी राजकुमारी बिन्तलाई २०१९ को मार्चमा हिरासतमा राखिएको थियो ।

अधिकारकर्मी समूहका अनुसार उनको सम्भावित जीवन खतराका बावजुद आवश्यक स्वास्थ्य उपचारका लागि अस्वीकार गरिएको थियो । साथै हिरासतको अवधिभर हिरासतमा राख्नुको कुनै कारण खुलाइएको छैन ।

साउदी अधिकारीहरूले पनि यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । राजकुमारी बस्माह २०१९ मा स्वास्थ्य उपचारका लागि स्वीट्जरल्याण्ड जाने तयारी गरिरहँदा पक्राउ परेकी थिइन् । यद्यपि उनको स्वास्थ्य समस्याको प्रकृतिबारे केही खुलाइएको छैन ।

साउदीमा लामो संघर्षपछि महिलालाई चालक अनुमति दिइएको छ । यसमा राजकुमारी बस्माहको पनि महत्वपूर्ण भूमिका रहेको बताइन्छ ।

साउदी आम जनताको पक्षमा बोल्ने राजकुमारी बस्माहलाई पछिल्लो तीन वर्षदेखि अल(हाइर जेलमा राखिएको थियो । जहाँ अरु धेरै राजनीतिक बन्दीहरूलाई पनि राखिएको थियो।

राजकुमारी बस्माह राज परिवारभित्रै हुने गरेका शोषणविरुद्ध बोल्नाले हिरासतमा पुगेको भन्दै स्वतन्त्र संघसंस्थाहरूले साउदी राजपरिवारको आलोचना गर्ने गरेका छन् । यसबारे २०२० मा संयुक्त राष्ट्रसंघले पनि जनाएको छ ।

यसअघि २०१७ को नोभेम्बरमा भ्रष्टाचारविरोधी अभियानमा लाग्ने थुप्रै अधिकारी र राजपरिवारका सदस्यहरूलाई नजरबन्दमा राखिएको थियो । यस्तै २०२० को मार्चमा राजपरिवारका गार्डले राजा सलमानका भाइ र भतिजलाई समेत पक्राउ गरेका थिए । राजकुमार मोहम्मदविरुद्ध विद्रोह गराएको आरोपमा उनीहरूसहित थुप्रै अधिकारीहरूलाई पक्राउ गरिएको बताइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com