२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड धादिङको १३ औँ वार्षिक साधारण सभा

धादिङ । रेडियो बिहानी ९७.६ मेगाहर्ज सञ्चालक संस्था सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड धादिङको १३ औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मनराज भण्डारीको अध्यक्षतामा भएको साधारण सभामा संविधान सभा सदस्य तथा नेकपा९माओवादी केन्द्र० का केन्द्रीय सदस्य पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो भने बागमती प्रदेश सभा सदस्य एव। माओवादी केन्द्रका उपत्यका विशेष प्रदेश समिति अध्यक्ष जगत सिंखडाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु लगायत सेयर सदस्यहरुको सहभागित रहेको थियो ।

सभालाई संबोधन गर्दै प्रमुख अतिथि मल्लले सहिद स्मृति सञ्चार सहकारीले जनयुद्धको क्रममा सहिद तथा बेपत्ता भएका योद्धाहरुको जीवनी तथा वृतत्रिच बनाइ प्रकाशन तथा प्रशारण गर्नुपर्ने र आम नागरिकको हितमा समाचार तथा सूचना सम्प्रेषण गर्नुपर्ने बताउनु भयो ।

यस्तै विशेष अतिथि जगत सिंखडाले सहिद स्मृति सञ्चार सहकारीले सञ्चालन गरेको रेडियो बिहानीको स्तर उन्नतिका लागि आफ्नो ठाउँबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।

२०६५ सालमा स्थापना भएको यस सहकारीले धादिङबेसीको आफ्नै सुविधा सम्पन्न भवनमा विगत १३ वर्षदेखि रेडियो बिहानी ९७।६ मेगाहर्ज र जनमुक्तिमार्ग साप्ताहिक पत्रिका सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा अध्यक्षको तर्फबाट स्वागत मन्तव्य राख्दै संस्थाका अध्यक्ष मनराज भण्डारीले विभिन्न चुनौतिहरुलाई चिर्दै संस्था अगाडि बढेको र हाल क्रमिक रुपमा सुधार हुँदै गएको बताउँदै आगामी वर्षमा जनयुद्ध र जनआन्दोलनको क्रममा सहिद तथा व्यपत्ता भएका योद्धाहरुको वृतचित्र निर्माण गर्ने तथा संस्थाको भवनको तेस्रो तल्लालाई सहिद बेपत्ता स्मारकको रुपमा विकास गर्ने योजना रहेको बताउनु भयो ।

कार्यक्रममा संस्थाका महासचिव बोदनाथ दुवाडीले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष गीता अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव शङ्कर अधिकारीले गर्नुभएको थियो । कुल ४ सय ६२ जना सेयर सदस्य रहेको यस सहकारीको सेयर पूजी ३६ लाख ३३ हजार ५ सय रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com