धादिङ जिल्ला नेकपा एमालेको आठौँ जिल्ला अधिवेशन सम्पन्न नयाँ कार्यसमिति सहमतिमै टुङ्गियो
काठमाडौँ । धादिङबेशी स्थित मदन आश्रित स्मृति भवनमा जारी एमालेको आठौँ जिल्ला अधिवेशनले सहमतिमा नै नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिबार भएको अधिवेशनको बन्दसत्रमा भुमि त्रिपाठी मात्रै अध्यक्षमा सर्वसहमति भएपनि अन्य पदमा आकाँक्षी धेरै देखिएपछि मतदान प्रक्रियामा गएर कार्य समिति चयन गर्ने तयारी गरिएको भएपनि अन्तत– एमाले धादिङले सहमति मै कार्यसमिति गठन गरि अधिवेशन सम्पन्न गरेको हो ।
यस आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा भुमि त्रिपाठी, उपाध्यक्षमा धनबहादुर घले, सचिव अर्जुन कुमार श्रेष्ठ (गोर्खाली) उप–सचिवमा हरिराम लोहनी र राधिका सापकोटा सहित १०५ सदस्यीय जिल्ला समिति निर्विरोध निर्वाचित भएका छन् ।
एमाले धादिङको जारी अधिवेशनमा जिल्लाभरबाट सात सय १ जना प्रतिनिधि सहभागी थिए । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव र एक तिहाई महिला र समावेशीलाई समेटेर १०५ सदस्यीय जिल्ला कमिटि चयन यसैगरी जिल्ला कमिटिको बैठकले २० प्रतिशत सदस्य जसमा १० प्रतिशत बैठकले र १० प्रतिशत भने पार्टी एकिकरण तथा अन्य पार्टीबाट आएकालाई मनोनित गरिने बताईएको छ ।