२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

एमाले युवा नेता भुसालद्वारा राजीनामा

काठमाडौं । नेकपा एमालेका नेता एवं राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव गोबिन्दप्रसाद भुसालले पार्टी नेतृत्वमा चरम निरंकुशता देखिएको भन्दै पार्टीबाट राजीनामा दिएका छन् ।

पार्टीमा गुटबन्दी, व्यक्तिगत मनोमानी, नेतृत्वको निरंकुशता बढ्दै गएकाले आफूले पार्टी र युवा संघको सम्पुर्ण जिम्मेवारीबाट आज (आइतबार) देखि लागू हुने गरी राजीनामा दिएको उनले बताए छन् । एमाले अर्खाघाँचीका नेता भुसाल युवा संघका केन्द्रीय सचिवका साथै जिल्लाको इन्चार्ज थिए ।

‘एमालेको वडा, नगर हुँदै हालै सम्पन्न राष्ट्रिय महाधिवेशन तथा जिल्ला अधिवेशनसम्म आइपुग्दा यस् पार्टीभित्र चरम गुटबन्दी, व्यक्तिगत मनोमानी, चरम अवसरवाद, नातावाद कृपावाद र नेतृत्वमा देखिएको निरंकुशता जस्ता प्रवृत्तिबाट हामी जस्ता इमानदार र निष्ठावान नेता तथा कार्यकर्ताहरु एमाले पार्टी र यसका जनबर्गिय सङठनहरुमा रहेको निरन्तर काम गर्न सक्ने अवस्था नदेखिएकाले आजका मितिदेखि राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सचिव लगायतका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गर्दै नेकपा ९एमाले०को साधारण सदस्य समेत नरहने गरि एमाले परित्यागको घोषणा गर्दछु’ भुसालले आफ्नो राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com