२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

शिक्षामन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि भएको उहाँका प्रेस संयोजक विमल खड्काले बताउनु भएको छ ।

कोरोना परीक्षणका लागि सोमबार बिहान स्वाब दिइएको थियो । जसमा रिपोर्ट पोजेटिभ आएको हो । रुघा र सामान्य खोकी लागेपछि स्वाब दिइएको बताइएको छ । हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको प्रेस संयोजक खड्काले बताउनुभयो ।

मन्त्री पौडेल आइसोलेसनमा बस्नु भएको बताइएको छ । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादी केन्द्रकै नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com