२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

सुदूरपश्चिम प्रदेशमा बढ्यो सङ्क्रमण, थप १९४ मा पुष्टि

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर बढ्दै गएको छ । आज थप १९४ मा कोरोना सङ्क्रमण देखिएको छ ।

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ७१३ जनाको नमूना परीक्षण गर्दा १९४ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पीसीआरमार्फत ३९ र एन्टिजेनमार्फत १५५ जनामा पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा ३१, महाकाली अस्पतालमा छ, जिल्ला अस्पताल बैतडीमा दुई र एन्टिजेनमार्फत कैलालीका ७७, कञ्चनपुरका ७४, दार्चुलाका दुई, बैतडी र डोटीका एकरएक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टामा प्रदेशभर पाँच निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।

यसअघि सोमबार यस प्रदेशमा १५९ जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच निको भएका थिए भने आइतबार ६२ जनामा पुष्टि भएको थियो । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ को ज्यान गइसकेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com