२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

व्यवसायलाई सुरक्षा गर्ने दायित्व राज्यको हो : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सुनचाँदी व्यवसायमा देखिएका समस्या समाधान गर्न यससम्बन्धी निर्देशिका र कार्यविधि परिमार्जन गर्ने बताएका छन् ।

बुधबार गृह मन्त्रालयमा सुनचाँदी व्यवसायीसँगको छलफलमा मन्त्री खाँणले सुनचाँदी आयात र निर्यात व्यवसायीको सुरक्षा र ओसार–पसारमा देखिएको समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको भन्दै आवश्यता अनुसार निर्देशिका र कार्यविधि परिमार्जन गर्न सम्बन्धित मन्त्रालयसँग छलफल गर्ने बताएका हुन् ।

उनले सुनचाँदी नेपालको पुरानो व्यवसाय पनि भएको भन्दै यसलाई व्यवस्थित गर्दै लैजाने धारणा राखे । मन्त्री खाँणले नेपालमा निर्माण हुने गर–गहनालाई विदेशमा आकर्षित गर्न सके सुनचादी खरिद गर्दा बाहिरिएको धनराशी स्वदेशमा नै फर्कनसक्ने तर्क गरे ।

उनले नेपालको व्यवसायलाई सुरक्षा गर्ने दायित्व राज्यको भएको बताए । कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मानिकरत्न शाक्यले नेपालमा दैनिक २० केजी मात्रै सुन आयात हुने तर माग ३० केजीभन्दा बढी हुने भएका कारण माग पूर्ति गर्न समस्या भएको गुनासो गरेका थिए ।

त्यस्तै सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष सुरेशमान श्रेष्ठले विदेशमा नेपालको गरगहनाको माग भएपनि पर्याप्त सुन नभएका कारण माग पूरा गर्न नसकिएको जिकिर गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com