२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

एक सिद्धान्तनिष्ठ व्यक्तित्त्व गुमाएका छौँ : राष्ट्रपति भण्डारी

एक सिद्धान्तनिष्ठ व्यक्तित्त्व गुमाएका छौँ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कांग्रेसका नेता प्रदिप गिरिको निधनमा शोक व्यक्त गरेकी छिन् । गिरिको निधनले सिद्धान्तनिष्ट बौद्धिक व्यक्तित्त्व गुमाएको उनले उल्लेख जनाएकी छिन् ।

‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ, उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं,’आज बिहान ट्विट गर्दै भनेकी छिन, ‘म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’

उपचारको क्रममा गएराति गिरीको निधन भएको थियो । आजै उनको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com