२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

निर्वाचन सम्बन्धी छलफल गर्न निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग यही पुस ३० गते शुक्रबार परामर्श गर्ने भएको छ । आगामी माघ १२ गतेका लागि निर्धारण गरिएको राष्ट्रियसभा निर्वाचनका साथै स्थानीय तहको आगामी निर्वाचनका सन्दर्भमा छलफल गर्न आयोगले सर्वदलीय बैठक आह्वान गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूको उपस्थितिमा सर्वदलीय बैठक हुने जानकारी दिँदै आयोगका प्रवक्ता शालिग्राम शर्माले भनेका छन्, ‘पर्सी शुक्रबार बिहान ११ः३० बजेका लागि सर्वदलीय बैठक आह्वान भएको छ । सम्बन्धित राजनीतिक दलका अध्यक्ष वा राजनीतिक दलले सम्पर्कका निम्ति आयोगलाई उपलब्ध गराएका व्यक्तिलाई बैठकमा उपस्थित हुन पत्राचार गरेका छौँ ।’

उक्त बैठकमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ वटा राजनीतिक दललाई उपस्थित हुन पत्राचार गरिएको आयोगले जनाएको छ । राष्ट्रिय सभाको निर्वाचन तयारी, मतदाता नामावलीको पछिल्लो अध्यावधि विवरणबारे बैठकको एजेन्डा तय गरिएको बताइएको छ ।

राष्ट्रिय सभामा रिक्त १९ जना सदस्यको निर्वाचनमा आगामी माघ १२ गते हुँदैछ । हाल आयोगले उक्त निर्वाचन सम्बन्धी आचार संहिता लागू गरेको छ । यस्तै स्थानीय तहको पदाधिकारीको पदावधि २०७९ जेठ ५ गते सकिँदैछ ।

स्थानीय तह निर्वाचन ऐन अनुसार पदावधि सकिनुभन्दा २ महिनाअघि नै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । संविधानमा भने पदावधि सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com