२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

धादिङ नीलकण्ठ नगरपालिकाद्वारा विद्यालय बन्द गर्न सूचना जारी

काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिकाले कोरोना संक्रमण रोकथामका लागि आफ्नो पालिका भित्रका सबै विद्यालयलाई माघ १५ गतेसम्म भौतिक उपस्थितिमा हुन पठन पाठन बन्द गर्न सूचना जारी गरेको छ ।

मंगलबार जिल्ला शिक्षा समन्वय इकाईले जिल्लाका सबै पालिकालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा जारी निर्देशन कार्यान्वय गर्न अनुरोध गरेको थियो । यसै पत्र अनुसार सूचना जारी गर्दै नीलकण्ठ नगरपालिकाले विद्यालय बन्द गर्न सूचना जारी गरेको हो ।

जिल्लामा बेनिघाट रोराङ, सिद्धलेक गाउँपालिका र नीलकण्ठ नगरपालिका बाहेक अन्य पालिकाले विद्यालय बन्द गराएका छैनन् ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गत आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com