२०८१ बैशाख २५ - Tue May, 2024 -

Janasewa News

भृकुटी कागज कलकारखानादेखि बालाजु कपडा कारखाना कांग्रेसले बेचेको हो : दुर्गा प्रसाईं

जनसेवा न्युज डटकम संवाददाता

एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले नेपाली कांग्रेसका कारण देशका ठूला कलकारखाना बेचिएको र युवाहरू विदेशिन बाध्य भएको आरोप लगाएका छन्।

एमाले अध्यक्ष केपी ओलीसँगै संखुवासभा पुगेका प्रसाईंले नेपाली कांग्रेस सत्तामा रहँदा विकास निर्माणका आयोजनाहरूको चरम दोहन गरेको आरोप लगाए।

प्रसाईंले सोमबार खाँदबारीमा आयोजित जिल्ला पार्टी अधिवेशनमा बोल्दै भृकुटी कागज कलकारखानादेखि बालाजु कपडा कारखाना कांग्रेसले बेचेको आरोप लगाए।

‘भृकुटी कागज कारखाना २०४९ साल कात्तिक ५ गते बेचियो, सरकारमा को थियोरु कांग्रेस हो कि होइनरु हरिसिद्धि इँटा टायल कारखाना कात्तिक १४ गते २०४९ सालमा बेचियो, सरकारमा को थियोरु कांग्रेस,’ आफ्नो भाषण पढ्दै प्रसाईंले भने, ‘२०४९ साल कात्तिक २४ गते बाँसबारी छालाजुत्ता कारखाना सौदाबाजीमा पर्‍यो, सरकारमा कांग्रेस नै थियो होइन

प्रसाईंले बालाजु कपडा उद्योग २०५० सालमा पनि कांग्रेसले नै बेचेको आरोप लगाए, पूर्वको झापा र इलामका सात हजार बिघा चिया कमानहरू पनि कांग्रेसले ध्वस्त पारेको आरोप लगाए।

‘तपाईंहरू ढुक्क हुनुहोस् नेकपा एमालेले कांग्रेसका पालामा बेचिएका उद्योगधन्दा पुनर्स्थापना गरेर छोड्छ,’ एमालेको उद्योग विभागका उपप्रमुख रहेका प्रसाईंले भने। केपी ओली सरकारले तीन वर्षमै विकासका कैयौं काम गरेर देखाएको उनले दाबी गरे, प्रसाईंले अब जनताले कांग्रेस र माओवादीबाट देश विकास हुँदैन भनेर बुझिसकेको दाबी गरे।

‘राज्यको सहयोग लिएर गोडा पचासेक बाख्रा व्यवस्थापन गर्न नसक्ने गगन थापाहरूले राजनीतिमार्फत् तीन करोड नेपालीको उद्धार गर्छु भनेर गफ नदिएकै राम्रो होला,’ प्रसाईंको आरोप छ, ‘विदेशिएका झन्डै एक करोड नेपाली युवा शक्तिलाई नेपाल फर्काउने योजना के छ तपाईंसँग

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com