२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

कर्णाली प्रदेश सकारले गठबन्धन टिकाउन राज्यको स्रोतसाधन दुरूपयोग गर्‍यो : यामलाल कँडेल

जनसेवा न्युज डटकम संवाददाता

प्रकाशित मिति : २०७८ पुष २९

काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेश सभा दलका नेता यामलाल कँडेलले प्रदेश सकारले गठबन्धन टिकाउन राज्यको स्रोत साधनको दुरूपयोग गरेको आरोप लगाएका छन्।

बुधबार प्रदेश सभाको नवौं अधिवेशनको पहिलो बैठकमा दलको तर्फबाट धारणा राख्दै नेता कँडेलले यस्तो आरोप लगाएका हुन्।

‘मन्त्रालय र गठबन्धन टिकाउन झ्याल–झ्यालमा मन्त्रालयको बोर्ड टंगाइएको छ, यसमा कर्णाली प्रदेश सरकार माहिर छ,’ कँडेलले भने, ‘राज्यको साधन स्रोतको दुरूपयोग गरेर गठबन्धन टिकाउने बाटोमा हिँडेपछि कसको के लाग्छ र ?

यो आर्थिक वर्षमा प्रदेश सरकारले बनाएका योजनाहरू समाजको आवश्यकता अनुसार नभएको उनले आरोप लगाए।

समाजलाई भन्दा पनि घरलाई काम लाग्नेगरी सरकारले टुक्रे योजनाहरू बनाएर रकम वितरण गरेको उनले बताए।

कर्णाली प्रदेश सरकार व्यवहारमा अनुभूति गर्नेगरी प्रस्तुत नभएको पनि नेता कँडेलले आरोप लगाए।

उनले भने,‘सरकार अभिलेखमा मात्र छ, व्यवहारमा अनुभूति गर्नेगरी छैन। व्यवहारमा अनुभूति हुनेगरी आउनुहोस् एमालेले सहयोग गर्छ।’

महेन्द्रबहादुर शाहीपछि नियुक्त भएका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिँदा प्रमुख प्रतिपक्षी दलको बेवास्ता गरेको कँडेलले गुनासो गरे।

संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिए पनि प्रतिपक्षीको बेवास्ता गर्नुले सरकार जबर्जस्ती आफ्नै बाटोमा हिँडेको महशुस संसदीय दललाई भएको उनले बताए।

‘संसदभित्र बिनापरामर्श नै अगाडि बढ्ने हो भने मेरो भन्नु केही छैन, तर यो अभ्यास प्रभावकारी हुँदैन,’ कँडेलले भने।

नवौं अधिवेशनको पहिलो बैठकमा माओवादी केन्द्रको तर्फबाट सांसद ठम्मर विष्ट, नेकपा (एकीकृत समाजवादी) को तर्फबाट देवी ओली र कांग्रेसको तर्फबाट यज्ञ बिसीले आफ्नो भनाइ राखेका थिए। पहिलो बैठक माघ २ गतेसम्मका लागि स्थगित भएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com