२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

भीमार्जुन आचार्यले देश सोमालियाको दर्जामा पुगेको भन्दै चिन्ता प्रकट

काठमाडौं । संविधानविद डा. भीमार्जुन आचार्यले देश सोमालियाको दर्जामा पुगेको भन्दै चिन्ता प्रकट गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले ठूलो विरासत, पहिचान र अन्तर्राष्ट्रिय छवि बोकेको नेपाल सोमालिया हुन लागेको बताएका हन् ।

आचार्य लेख्छन्, ‘त्यति ठूलो विरासत, पहिचान र अन्तर्राष्ट्रिय छवि भएको मुलुकको हैसियतलाई हामीले हेर्दाहेर्दै सोमालियाकै दर्जामा पो पुर्याएछौ।

राजनीतिक, आर्थिक, सामाजिक सबै क्षेत्रमा निकै ठूलो छलाङ्ग हुन्छ भनिएको थियो, भएरै छाड्यो। धन्य हो। प्रसंग नेपाली पासपोर्टको अन्तर्राष्ट्रियस्तर राष्ट्रको अन्तर्राष्ट्रिय छवि वा इज्जत एउटा व्यक्ति, नागरिक वा व्यवसायीका कारण भन्दा पनि सत्तासीन व्यक्ति र राजनीतिज्ञका कारण नामी वा बदनामी हुन जादो रहेछ ।’

उनले मुलुकको संवृत्तिको बाधक राजनीतिक दल र तिनका नेताको पछि लाग्ने लम्पट कार्यकर्ता भएको भन्दै उनीहरु नसुध्रिएसम्म यो देशको विकास नहुने बताउँदै आएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com