२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

बुटवल उपमहानगरपालिका वडा नम्बर ९ स्थित एक क्लबमा भीषण आगलागी

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ९ स्थित मिलनचोकको एक क्लबमा भीषण आगलागी भएको छ । माघ १ गतेदेखि सञ्‍चालनमा आउने तयारीमा रहेको प्लान बी क्लबमा शुक्रबार दिउँसो १ बजेदेखि आगो लागेको प्रहरीले जनाएको छ। आगो अझै नियन्त्रणमा आएको छैन।

नियन्त्रणको प्रयास भएपनि आगलागी स्थलमा दमकल जाने बाटो नहुँदा समस्या भइरहेको छ । बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिका भैरहवा, लुम्बिनी साँस्कृतिक नगरपालिका लुम्बिनी, तिलोत्तमा र सैनामैना नगरपालिकाका दमकलले आगो निभाउँदा पनि नियन्त्रण आएको छैन् । बाक्लो बस्ती र साँघुरो सडकले समस्या भएको छ ।

यसअघि बाटो फराकिलो बनाउन स्थानीयले माग गरेपनि जग्गाधनीले नदिँदा बाटो फराकिलो हुन सकेको छैन् । आगलागीबाट भएको क्षतिको एकिन विवरण अझै आएको छैन् । क्लब संचालन गर्नका लागि करिब ७ करोड रुपैयाँ खर्च भएको अनुमान छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com