२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

अस्पतालमा एकअर्कामा संक्रमण फैलन सक्ने सम्भावना बढेकाले सामान्य प्रकृतिका बिरामी नआउन आग्रह

चितवनको केन्द्रीयस्तरको सरकारी अस्पताल भरतपुर अस्पतालले कोभिड–१९ संक्रमणको उच्च प्रकोप देखिएको बताएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा. कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गरी अस्पतालमा एकअर्कामा संक्रमण फैलन सक्ने सम्भावना बढेकाले सामान्य प्रकृतिका बिरामी केही पछि आउन उपयुक्त हुने बताएका छन् ।

अस्पतालमा २९ पुसमा १७२ जनाले कोभिड परीक्षण गराएकोमा ९५ जनामा (५५ प्रतिशत) संक्रमण देखिएको थियो । ३० गते १८६ जनाले कोभिड परीक्षण गराएकोमा ११५ जना (६१.२५ प्रतिशत) मा कोभिड पुष्टि भएको पौडेलले बताए ।

‘यो कोभिड–१९ संक्रमणको उच्च प्रकोप हो । काठमाडौँको त्रिवि टिचिङ र वीर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरु पनि उच्च संख्यामा संक्रमित भएको तथ्यांकले समेत अस्पतालमा एकअर्काबाट संक्रमण फैलिन सक्ने सम्भावना बढ्दै गएको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

सामान्य र पछि चेकजाँच गराउँदा पनि हुने प्रकृतिका विरामीले अस्पताल आउने समय पछि सार्नु उपयुक्त हुने अस्पतालले बताएको छ ।

तत्कालै अस्पताल पुग्नुपर्ने बिरामी र बिरामी कुरुवाले पनि हेलचेक्रयाई नगरी जनस्वास्थ्यका मापदण्ड (सहि तरिकाले मास्क लगाउने, दुई मिटरको भौतिक दुरी कायम गर्ने र बारम्बार हात धुने) पालना गर्न अस्पतालले आग्रह गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com