२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

मकर सङ्क्रान्ति पर्वले सबै नेपालीमा सद्भाव र सहिष्णुता कायम गर्न सकोस् : मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मकर सङ्क्रान्ति तथा माघी पर्वले सबै नेपालीमा बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस् भन्ने शुभकामना दिनुभएको छ ।

मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले विविधता परिपूर्ण सिङ्गो नेपाली संस्कृतिभित्र महत्वपूर्ण रहेको यस पर्वले सबै नेपालीमा उत्साह एवं उमङ्ग थप्दै बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

सन्देशमा मुख्यमन्त्री राउतले भन्नुभएको छ, “जातीय तथा धार्मिक–सांस्कृतिक विविधताले सम्पन्न मुलुकमा मकर सङ्क्रान्ति पर्वलाई विभिन्न समुदायले आफ्नो मुख्य पर्वका रुपमा हर्सोल्लासपूर्वक मनाउने हुँदा यस्ता पर्व र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।”

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com