२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

गण्डकी प्रदेशमा एकैदिन थप २०६ जनामा संक्रमण

पोखरा । गण्डकी प्रदेशमा थप २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४३२ जनामा गरिएको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पीसीआर प्रविधिबाट ११३ र एन्टिजिन परीक्षणबाट ९३ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेशमा केही दिनदेखि क्रमशः कोरोना संक्रमण उच्च रुपमा बृद्धि भएको छ ।

एक हप्तामा गण्डकीमा कोरोना संक्रमण तीव्ररूपमा बृद्धि भएको छ । गत आइतबार प्रदेशका विभिन्न जिल्लामा ३८ जना मात्र संक्रमित देखिएकोमा सोमबार ७०, मंगलबार ११४, बुधबार १२१, बिहीबार १६५ शुक्रबार १८६ र आज शनिबार २०६ जनामा संक्रमण देखिएको हो ।

एक हप्ताको तथ्याङक हेर्दा प्रदेशमा कोरोना संक्रमण तीब्र गतिमा बृद्धि भएको छ । पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा कास्कीमा ८०, लमजुङ ११, पर्वतमा १, स्याङजा २२, म्याग्दी १४, तनहुँ ९ र नवलपरासी पूर्वमा ६९ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ८९ हजार ४३८ पुगेको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २८ रहेकोे छ । प्रदेशमा पछिल्लो चौबिस घण्टामा थप १३ जना संक्रमणमुक्त भएका छन् । प्रदेशमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८७ हजार ५३ पुगेको छ ।
प्रदेशमा हालसम्म ३ लाख ५९ हजार ५०१ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा ९५८ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ९२४ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com