२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

अर्को साता १ किलोमिटर फराकिलो छुद्र ग्रह पृथ्वीको नजिकैबाट गुज्रने

एजेन्सी

आउँदो मंगलबार अर्थात् जनवरी १८ मा अनुमानित १ किलोमीटर चौडा छुद्र ग्रह पृथ्वीको नजिकैबाट गुज्रने भएको छ । यो हाम्रो ग्रहको १२ लाख माइल अन्तरमा गुज्रने र प्रति घन्टा ४७ हजार ३४४ किलोमिटरको गतीमा चल्ने नासाको सेन्टर फर नियर अर्थ अब्जेक्ट स्टडिजलेजनाएको छ ।

पृथ्वीको नजिक आउन लागेको यो छुद्र ग्रहलाई ७४८२ (१९९४ पीसी वान) नाम दिइएको छ । यसलाई नासाले सन् १९९४ मा पत्ता लगाएको थियो ।

७४८२ (१९९४ पीसी १) ले पृथ्वीलाई प्रहार गर्ने अपेक्षा भने गरिएको छैन । यद्यपि, नासाको अनुमान अनुसार अबको दुई शताब्दिसम्म पृथ्वीको नजिक आउने सबैभन्दा नजिकको क्षुद्रग्रह यही हो ।

यो पृथ्वीलाई हानी गर्ने गरी आउन लागेको सबैभन्दा ठूलो क्षुद्रग्रह होइन । ३१२२ फ्लोरेन्स (१९८१ इटी ३) नाम दिइएको एउटा क्षुद्रग्रह सन् २०१७ सेप्टेम्बर १ तारिखमा पृथ्वीको निकै नजिकबाट गुज्रिएको थियो । त्यो नजिकैबाट आयो तर २०१७ को सेप्टेम्बरमा पृथ्वीमा ठोकिनबाट जोगिएको थियो । उक्त छुद्र ग्रह अनुमानित २।५ माइलदेखि ५.५ माइलसम्मको फरकमा भएकामे अनुमान गरिएको छ । यसले सन् २०५७ सेप्टेम्बर २ तारिखमा पुनः यात्रा गर्ने बताइएको छ ।

यसैबीच ७४८२ (१९९४ पीसी १) लाई नांगो आँखाले भने देख्न सकिन्नँ । सौखिन खगोलविद्ले सानो दुरबीनको सहायतामा यसलाई देख्न सक्ने अर्थस्काई डट कमले जनाएको छ ।

यो वर्षको सेप्टेम्बरमा नासाको एयरक्राफ्टलाइ जानीजानी छुद्रग्रहसँग ठोकाइएको थियो । यसलाई एक छुद्र ग्रहले हान्दा हुने अवस्था पत्ता लगाउन यसो गरिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com