२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

धादिङ मलेखु बजारबाट लागूऔषध गाँजासहित दुई जना पक्राउ

धादिङ । गजुरी गाउँपालिका–२ मलेखु बजारबाट लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ ।

प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरी सहायक निरीक्षक सन्तोष खड्काको टोली पैदल गस्ती गर्दै जाने क्रममा मलेखु बजारबाट लागूऔषध आठ किलो १३० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गजुरी गाउँपालिका–२ मजुवाडाँडाका २१ वर्षीय सुन्दर तामाङ र १९ वर्षीय किसान परियार रहेका छन् ।

तामाङले बोकेको पछाडि भिर्ने झोलाभित्र चार किलोग्राट २०० ग्राम र परियारले बोकेको कालो लेदरको जस्तो देखिने पछाडि भिर्ने झोलाभित्र तीन किलो ९३० ग्राम लागूऔषध गाँजा फेला परेकाले लागुऔषध गाँजा बरामद गरी पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

पृथ्वी राजमार्गमाबाट ताल्ती आउने जाने सडकखण्डमा पृथ्वी राजमार्गको दक्षिण किनारामा झोला बोकी काठमाडौँबाट मुग्लिनतर्फ जाने गाडी कुरी बसिरहेकामा अवस्थामा प्रहरी टोली देखेपश्चात शङ्कास्पद व्यवहार देखाएकाले उनीहरूले बोकेको झोला र शरीरसमेत खानतलासी लिँदा लागूऔषध फेला परेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरूलाई प्रतिबन्धित लागुऔषध ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com