२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

प्रधानमन्त्री देउवाले राष्ट्रिय भवनसंहिताको पूर्ण पालना गरी भवन निर्माण गर्न सबैलाई आह्वान

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय भवनसंहिताको पूर्ण पालना गरी भवन निर्माण गर्न सबैलाई आह्वान गर्नु भएको छ ।

प्रधानमन्त्री देउवाले भूकम्पलगायतका विपद् जोखिमबाट बच्नका लागि पनि सबैले भवनसंहिताको पूर्ण पालना गर्नुको विकल्प नरहेको बताउनु भएको हो ।

२४औँ भूकम्प सुरक्षा दिवसको अवसर पारेर आज ललितपुरमा आयोजित एक कार्यक्रमलाई ‘भर्चुअल’ माध्यमबाट सम्बोधन गर्दै उहाँले विपद् जोखिम न्यूनीकरणलाई ध्यानमा राखेर पालिका तहले पनि भवन निर्माण गर्दा भवनसंहिताको पूर्ण पालना गराउनुपर्नेमा जोड दिनु भयो ।

प्रधानमन्त्री देउवाले विगतको अनुभव र पाठबाट सिकेर विपद्का बेला तत्काल दक्ष जनशक्तिको परिचालन हुने गरी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन समेत दिनु भयो ।

उहाँले सुरक्षित भवन निर्माण गर्ने र भूकम्पसहितका विपद् जोखिम न्यूनीकरण गर्ने कार्यमा तीन वटै तहको सरकारको बलियो सहकार्यको आवश्यकता पनि औँल्याउनु भयो ।

कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँडले भूकम्प प्रतिरोधी भवन निर्माण गरेर त्यसको जोखिम न्यूनीकरणको अभियानमा जुट्न प्रदेश र पालिका तहको सरकारलाई आग्रह गर्नु भयो । उहाँले त्यसका लागि सङ्घीय सरकारले आवश्यक कानुनको व्यवस्था गरेको पनि दाबी गर्नु भयो ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पालसकालले भवनसंहिताको पालना गरेर भवन निर्माण गरिदिए विपद् जोखिम न्यूनीकरण कार्यलाई प्रभावकारी ढङ्गले अघि बढाउन सकिने बताउनु भयो । उहाँले संविधानले विपद् जोखिम न्यूनीकरणमा तीन वटै तहका सरकारले भूमिकालाई तोकिदिए पनि त्यही अनुसारको काम हुन नसकेको बताउनु भयो ।

मन्त्री झाँक्रीले भवनसंहिताको पूर्णपालना गरेर भूकम्प प्रतिरोधी भवन निर्माण गर्न पनि सबैलाई आग्रह गर्नु भयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com